• २०८३ जेष्ठ २८ गते बिहिवार

अर्थमन्त्रीको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो- पदमा अर्याल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८,  काठमाडौं ।  नेकपा एमालेकी नेतृ पदमा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद अर्यालले करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले अन्तरविरोधी भनाई राखेको आरोप लगाउदै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्- ‘अर्थमन्त्रीज्यू तपाइँको प्रकाण्ड विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो, शायद हेर्ने बेला भयोकी मन्त्रीज्यू ।’ सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् । बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।

बजेट तल्लो बर्गलाई तल नै राख्ने र माथिल्लो बर्गलाई झन् माथि लैजाने किसिमको रहेको बताउदै तल्लो बर्गका लागि ठोस कार्यक्रम नै नरहेको बताएकी छन् । उनले सिमित स्वार्थ समुहको प्रभावमा परेर मध्यरातमा करका दर हेरफेर गरेको आरोप लगाएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस