• २०८३ भाद्र १४ गते आइतवार

राप्रपाले आफ्नो केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय २१ दिन भित्र खाली गर्ने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले राप्रपाको भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको र भवनको नक्सा पास पनि नरहेको उल्लेख गर्दै हटाउन भनेको थियो ।

महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको थियो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरेका थिए ।

यसैबीच राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै महानगरको सूचना बमोजिम २१ दिन भित्र भवन खाली गर्ने जानकारी महानगरलाई दिएको छ । यस्को जानकारी राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस