• २०८३ जेष्ठ ६ गते बुधवार

मुख्यमन्त्रीलाई पौडेललाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।उनलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस