• २०८३ भाद्र १४ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६८, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २८, लेन क्रसमा ६, अवस्था ठिक नभएको २०, एकतर्फीमा १२ र अन्यमा ३४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of ‎phone and ‎text that says '‎काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५१४ गते बिहहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ل RED लाईट ६८ तिর्र गति २९ हर्न लेन २८ अवस्था ठिक नमएको ६ ONE WAY ၃၀ अन्य १२ ३४१ २४ घण्टे कारवाही संख्या ६३४ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu O 103 (Emergency) vtpo@nepalpolice.gov.np facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np‎'‎‎

Sharing

प्रतिक्रिया दिनुहोस