• २०८३ असार १७ गते बुधवार

एमालेले तोक्यो ६ प्रदेशको अधिवेशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं। नेकपा (एमाले)ले ६ वटा प्रदेशको अधिवेशन मिति तोकेको छ । पार्टी संगठन विभाग काशिनाथ अधिकारीका अनुसार असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको छ ।


गण्डकी प्रदेशकाे मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले बताएको छ । कोशी प्रदेश कमिटीले आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरेको छ ।

मधेश प्रदेश कमिटीले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेका छन् । वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति घोषणा गरेका छन् । कर्णाली प्रदेशले भदौको २९ र ३० गते र सुदूरपश्चिमले भदौको २२ र २३ गते गर्ने गरी मिति टुंगो लागेको छ । लुम्बिनीको भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस