• २०८३ बैशाख २५ गते शुक्रवार

आइसीसी विश्वकप छनोट : नेपालले सुुरुवातमा नै अमेरिकाको २ विकेट खोस्यो, करणले देखाए करामत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं ।आईसीसी एक दिवशीय विश्वकप छनोट अन्तर्गत नेपाल र अमेरिका बीचको खेल सुरु भएको छ । जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा सुरु भएको खेलमा नेपालको अमेरिका पहिलो व्याटिङमा उत्रिएको छ ।

नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले ६ रन जोड्दा दुई विकेट गुमाईसकेको छ । करण केसीले अमेरिकाका प्रारम्भिक व्याट्सम्यान स्टेभेन टेलर र साइटेजा मुकामल्लको विकेट लिएका छन् ।

टेलर ४ र मुकामल्ल शून्य रनमा आउट भएका छन् । हातमा लागेको चोटका कारण सोमपाल कामी आजको खेलमा छैनन् । यस अघि घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित नेपाल आजको खेलमा जित्नै पर्ने दबाबमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस