• २०८३ जेष्ठ २ गते शनिवार

सेयर बजार १६.४२ अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं ।  सेयर बजार १६.४२ अंकले बढेको छ । बुधबार नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा आएर बजार बन्द भएको हो ।

१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढ्दा ९१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

साथै ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस