• २०८३ जेष्ठ ३० गते शनिवार

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री दाहाल र नेता भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका बालसेना तथा अयोग्य लडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो ।

रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको छ । १० वर्षे सशस्त्र युद्धमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस