जेठ २६, काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले वैदेशीक रोजगारमा गएका युवाहरुले पठाएको रेमिटेन्सबाट देश चलिरहेको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा उनले बैदेशीक रोजगारमा गएका युवाहरुको खुन र पसिनाको बलमा प्राप्त भएको रेमिटेन्सले देश चलिरहेको टिप्पणी गरेका हुन् ।

उनले भने,‘देशको ढुकढुकी संचालन गर्ने बैदेशीक रोजगारमा गएका युवाहरुले नै हो । उनीहरुकै बलमा उनीहरुकै खुन र पसिनाको बलमा प्राप्त भएको रेमिटेन्सले आज देश चलिरहेको छ । नेपाल बस्नेहरु त्यसैमा बाँचिरहेको छौं ।’ उनले आयातमुखि अर्थतन्त्रलाई उत्पादनमुखिमा बद्लेर आत्मानिर्भर हुनुपर्ने बताए । देशकै श्रोत साधनलाई प्रयोग गरेर देशमा रोजगारी सृजना गर्न आवश्यक रहेको उनको भनाई छ ।