पुष २०, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट गोली लोड गरिएको १ थान कटुवा पेस्तोल आइतबार प्रहरीले बरामद गरेको छ । पेस्तोल देखाई लुट्न खोज्दा पेस्तोल झरेपछि भागेका सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई प्रहरीले प्रकाउ गरेको हो ।

कोटेश्वर चोक नजिक बाटोमा अपरिचित व्यक्तिले भक्तपुर बस्ने सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई कटुवा पेस्तोल देखाई मोबाइल लुटने क्रममा प्रतिवाद गर्दा कटुवा पेस्तोल भुँईमा झरेपछि उनी जडिबुटीतर्फ फरार भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ।