जेठ १५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको बजेटले देशको आर्थिक संकटको समाधान नगर्ने दाबी गरेका छन् । सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संसद भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग उनले उक्त बजेटले संकट दर्शाएको तर समाधान भने गर्न नसक्ने टिप्पणी गरे ।
उनले भने ‘यो बजेट प्रस्तुतले संकट दर्शाउँछ तर संकट भने समाधान गर्न सक्दैन् । ’ सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । आजै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।