• २०८३ बैशाख १५ गते मङ्गलवार

यू–२० राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीमा कविता विक, लिला जोशी, सावित्री किसान, सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ,सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी, गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलानले टीममा स्थान बनाएका छन् ।
छनोटको दोस्रो चरणमा समूह ’बी’ मा रहेको नेपाल, चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।

’ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस