जेठ ११, काठमाडौं । इसेवाको आकस्मिक मर्मतसम्भारका कारण शुक्रबार दिउँसो १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएको छ । बिहीबार इसेवाले एक सूचना जारी गर्दै शुक्रबार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ ।

दिउँसो १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा समेत मागेको छ ।
