• २०८३ जेष्ठ २३ गते शनिवार

इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं ।  प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस