वैशाख २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको एमालेको पाँचौं केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा ओलीले गत पुस १० गते निर्माण भएको राजनीतिक समीकरणलाई ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या गरेका छन् ।














