• २०८३ बैशाख २३ गते बुधवार

बारको आन्दोलन आज पनि जारी रहने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख  १८, काठमाडौँ । नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी रहने भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न सरकारसँग माग गर्दै बारले आन्दोलन थालेको हो।

आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सरकारमाथि दबाब बढाउन विभिन्न चरणमा आन्दोलन गर्ने बताएको छ।

सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस