• २०८३ मङ्सिर ५ गते शुक्रवार

अनसनरत किसान श्रीराम घिमिरेसंग सरकारले आइतबार वार्ता गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १६, काठमाडौं । एघार दिनदेखि काठमाडौंको बसन्तपुरमा अनसनरत नुवाकोटका किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न सरकारले आइतवार वार्ता गर्ने तयारी गरेको छ । घिमिरे बैशाख पाँच गतेबाट दश प्रतिशत बजेट किसानलाई छुट्टाउनुपर्ने,कृषि कार्ड बनाउनुपर्ने,कृषिमा बैंकिङ ब्याजदर ६ प्रतिशतमा झार्नुपर्ने लगायतका माग राखेर अनशन बसिरहेका छन् ।

यस्तै अनसनको १० दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो देखाएको उनको सचिवालयले जनाएको छ । घिमिरेले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्री दाहालले शुक्रवार बेलुका मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधनका लागि निर्देशन दिएका छन् । पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा लगायतका चार सदस्यले अनसनरत घिमिरेलाई भेटेर अनसन तोड्न आग्रह गरेपनि उनले मागको सम्बोधन नभएसम्म जारी राख्ने बताएका थिए ।

उक्त वार्ता टोलीले भोलि आइतवार श्रीरामको अनसन तोड्ने गरि वार्ता गर्न बोलाएको अनसनरत श्रीरामका भाई राजेन्द्र घिमिरेले बताए । ‘वार्ता टोलीले भोलिको लागि बोलाउनु भएको छ । हाम्रा सबै माग पूरा गर्न नसक्ने उहाँहरुको धारणा छ । कतिपय मागको सम्बोधन गरेर भोलि नै कृषि मन्त्रीले अनसन तोड्न लगाउने सरकारको तयारी देखिन्छ । के गर्ने भोलि वार्ता टोलीसंग छलफल गरेपछि स्पष्ट हुन्छ ।’

अनसनरत घिमिरेको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उनको माग सम्बोधन गर्न प्रधानमन्त्री दाहालले शुक्रवार मुख्य सचिव मार्फत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस