बैशाख १५, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीको हैसियतबाट संसदको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंसिरमा १० भएको को संघीय संसदको निर्वाचनपछि पुष २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक बसेका थिए ।
