• २०८२ असार २४ गते मङ्गलवार

चेतना साउद मृत्यु प्रकरणः प्रशासन निषेधाज्ञा लगाउने, विद्यार्थी र स्थानीय प्रदर्शन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, धनगढी ।  एक किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय र विद्यार्थी शुक्रबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

सााइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् ।

मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस