• २०८३ असार ८ गते सोमवार

विश्वासको मतमा एकसाथ प्रस्तुत हुने १० दलको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसम्म सहभागी भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस