• २०८३ असोज २५ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २५, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९१, सिसिटिभिमार्फत २३, रातोबत्तीमा १९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा ११, लेन क्रसमा २, अवस्था ठिक नभएको १४, एकतर्फीमा ३ र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस