• २०८३ बैशाख २१ गते सोमवार

प्रधानमन्त्री भेट्न रवि लामिछाने बालुवाटारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

नागरिकता लिएसँगै पार्टीले उनलाई पुनः सभापति चयन गरेको थियो । नागरिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएसँगै उनले सांसद् तथा उपप्रधान एवम् गृहमन्त्रीको पद गुमाएका थिए । रास्वपाले आफ्नो पार्टीले गृहमन्त्री पाउनुपर्ने अडान राखेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस