मंसिर २९, विराटनगर । राष्ट्रपति विधादेवी भण्डारीले विराट एक्सपो उद्घाटन गरेकी छन् । उद्याेग संगठन मोरङकाे आयोजनामा स्थानीय डिग्री क्याम्पसको मैदानमा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर १ मा उद्याेग तथा व्यावसायिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्सपो आयोजना गरिएको संगठनले जनाएको छ ।

एक्सपोमा उद्याेग, कृषि, व्यापार तथा सेवा क्षेत्रका स्टलहरू राखिएका छन् । एक्स्पोको तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।