• २०८३ बैशाख १३ गते आइतवार

भक्तपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४,भक्तपुर। भक्तपुरमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र मृत फेलापरेकी महिला जेनिसा नगरकोटी रहेको खुलेको छ ।

उनको स्थायी ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । उनी मृत भेटिएकै स्थानवरपर बस्दै आएको र मजदुरी काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनको शव परालले छोपेको अवस्थामा भेटिएको थियो । मृतक महिलाको घाँटीअगाडिको भागमा गहिरो चोट, शरीरका अरू भागहरूमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरी अनुमान रहेको र थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस