• २०८३ जेष्ठ २० गते बुधवार

कांग्रेसले खोल्यो जितको खाता, २९ वर्षीय योगेश विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं ।  नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेतासमेत बनेका छन् ।

योगेश ३ हजार ९९२ मतसहित विजयी भएका हुन् । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए ।

योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । उनी मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस