जेठ २०, काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता शेयर ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ मा कारोबार भएको थियो ।

आज बैंकिंग, फाइनान्स, हाइड्रो, लगानी, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने एसबीएल डिभेन्चरको शेयर १४.९३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयर ५.१८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४४ करोड २३ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।