मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३१९६ मत गणना भएको छ।

जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ८१६ मतसहित अग्रस्थानमा छन् । उनलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको ७३५ मतसहित पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ५२६ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार किरण पौडेलको ४९६ मत आएको छ।