• २०८३ बैशाख १५ गते मङ्गलवार

कोरोनाबाट थप २४ जनाको मृत्यु, देशभर ३८ हजार बढी सक्रिय संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । नेपालमा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २४ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ रहेको छ । जसमा ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा छन् भने ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ सय ८१ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६९ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १८ हजार ३ सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३८ लाख ४६ हजार ७ सय ३६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस