असोज २०, काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाउन शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बिहान ९ बजेबाट चलिरहेको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास भैरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

निर्वाचन मिति नजिकिँदै जाँदा सहमति नभएपछि गठबन्धनका दललाई दबाब छ ।