• २०८३ जेष्ठ ३ गते आइतवार

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् । आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो ।

डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् । फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस