• २०८३ बैशाख ११ गते शुक्रवार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस