• २०८३ मङ्सिर ३ गते बुधवार

तत्कालीन प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज पेसी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौँ । आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमा आजका लागि पेसी तोकिएको छ।

कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न तथा मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै पनि कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै उनले गत कात्तिक २० गते रिट दर्ता गरेका थिए।

आफ्नो पदावधि बाँकी रहँदै आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गरेका छन्। प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण पेस गर्ने मौकासमेत नदिई सरकारले पदबाट हटाएको जिकिर पनि रिटमा गरिएको छ।

सुविधा सन्तुलन र सार्वजनिक हितको दृष्टिले कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमै कायम राख्दा प्रत्यर्थीहरूलाई कुनै पनि कानुनी हानि नहुने तर्क रिटमा प्रस्तुत गरिएको छ। बरु, एकैपटक दुईजना प्रहरी महानिरीक्षकस्तरका पदाधिकारी रहँदा ‘चेन अफ कमाण्ड’ मा उत्पन्न हुन सक्ने अन्योल अन्त्य गरी प्रहरी संगठनको स्थिरता कायम गर्नुपर्नेमा निवेदकले विशेष जोड दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस