जेठ २२, काठमाडौं । कोरोनाबाट थप एक जनाको मृत्यु भएसगैं मृतकको संख्या १० पुगेको छ । जेठ २० गते मृत्यु भएका पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।
https://khabar24nepal.com/2020/06/04/35422