भदौ २८, काठमाडौँ । चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्न लागेपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलको मूल्य बढाएका हुन् । थोक बिक्रेताले चामलको मूल्य बढाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको छ ।

व्यापारीका अनुसार चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको हो । भारतले खाद्यय निर्यातमा २० प्रतिशत कर बढाएको छ । जसले गर्दा नेपालको उपभोत्ता दसैंको समयमा महँगीको मारेमा परेका छन् ।