• २०८३ जेष्ठ २७ गते बुधवार

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२,झापा । झापाको कमल गाउँपालिका–५ मा हिजो साँझ ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुने पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ क २१२ नम्बरको टिपरले साइकललाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस