• २०८३ बैशाख ७ गते सोमवार

कुखुरा बाेकेकाे जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, मुगु । मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल नजिकैकाे हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।

जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस