• २०८३ जेष्ठ २७ गते बुधवार

ट्रक त्रिसुलीमा खस्दा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५,धादिङ। धादिङको बेनी घाटमा ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज बिहान रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस