असार २९, दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङमा आर्थिक वर्ष २०७८/०७९ को असार ७ गते सम्म विभिन्न शिर्षकका ६४ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिएका छन् ।

यही असार ७ गते कार्यालयमा दर्ता भएका मुद्दाहरु सवारी ज्यान-८, सा.शा.बि.कसुर-१, जबर्जस्ती करणी उद्योग-२, झुण्डीइ आत्मा हत्या-१२, बिष शेवन-५, भवितव्य ज्यान-१२, लागू औषध ब्राउन सुगर र गाँजा गरि-५, जबर्जस्ती करणी-३, फुटकर ज्यान-५, झुठ्ठा विवरण पेस गरि नागरिकता बनाएको-१ वटा मुद्दा दर्ता भएको जनाएको छ।
त्यसैगरि नकवजनी चोरी-३,सवारी आवागमनमा बाधा अवरोध-१, ठगी-१, ज्यान सम्बन्धि कसुर-१, कर्तव्य ज्यान-२, वालयौन दुरुपयोग-१, मोटरसाइकल चोरी-२ गरि जम्मा-६४ मुद्दा दर्ता भएका हुन। जस मध्ये फर्च्छौट संख्या २३ रहेकोछ भने बाँकी संख्या फर्च्छौट हुन बाकीँ रहेको बताइएको छ।
प्रहरी निरीक्षक शाहले आफू कार्यालय प्रमुखको हैसियतमा यो कार्यालयमा आइ सकेपछि विभिन्न शिर्षकका-२० वटा मुद्दा दर्ता गरिएको र २४ जना पक्राउ गर्न सफल भएकोमा ३ जना फरार रहेकोले खोजी कार्य जारी राखेको बताएका छन् । आफुले २० वर्षसम्म फरार रहेको अभियुक्त पनि पक्राउ गरि अदालतमा पेश गरेको शाहले भनेका छन् ।
यस्तै आफू कार्यालयमा आएको छोटो समयमै ४ किलो ५ सय ४९ ग्राम गाँजा र ७ सय ८० मिलि ग्राम ब्राउन सुगर समेत पक्राउ गरिएको उनले बताएका छन् । कार्य कक्षमा भएको भेटमा निरीक्षक शाहले शान्ति सुरक्षा अमन चयन कायम राख्ने आफ्नो मूल कर्तव्य र दायित्व भएकोले सोही अनुसार आफू कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।