• २०८३ जेष्ठ ३ गते आइतवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन् । उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–११ पृथ्वीनगर चोकमा लु.१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस