• २०८३ बैशाख २९ गते मङ्गलवार

काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १०, काठमाडौं। काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस