• २०८३ जेष्ठ ३० गते शनिवार

थप १९ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप १९ जना कोरोना संक्रमित भएका छन । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ सय २० जना रहेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ४९ जना डिस्चार्ज भएका छन । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ जनाले कोरोना जितेका छन् ।

यसैगरी, काठमाडौं उपत्यकाभित्र पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ललितपुरमा एक र काठमाडौंमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस