• २०८३ असोज २७ गते मङ्गलवार

गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । कुमारी बैंकको गोलबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गोलबजार स्वास्थ्य चौकीलाई स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ। स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले स्वास्थ्य चौकीलाई आज आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

कुमारी बैंकको गोलबजार शाखामार्फत आयोजित कार्यक्रममा गोलबजार नगरपालिका ६ का वडा अध्यक्ष सञ्जित लामा, कुमारी बैंकका मधेश प्रदेश प्रमुख सुरेश यादव, शाखा प्रबन्धक प्रदीप कुमार शाह लगायतका कर्मचारीहरु तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

कार्यक्रममा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याएको जनाइएको छ। गोलबजार स्वास्थ्य चौकीका प्रमुख सत्यनारायण यादवले सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य चौकीका तर्फबाट कुमारी बैंकलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस