• २०८३ जेष्ठ ६ गते बुधवार

सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, काठमाडौँ । सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस