• २०८३ बैशाख १८ गते शुक्रवार

थप २७ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७६ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २ सय २० जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६१ हजार ७ सय ८१ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस