• २०८३ कार्तिक २४ गते सोमवार

कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । अदालतबाट कैद सजाय पाएका २ फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका ७ का वीरेन्द्र राना र रमादेवी राना रहेको प्रहरीले जनाएको छ ।

२०६२ असोज २३ गते सोही स्थान बस्ने मिनबहादुर भण्डारीलाई उनकै घरमा बस्दै आएका वीरेन्द्र र रमादेवीले घरेलु हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत बझाङले मिनबहादुरलाई २० वर्ष र रमादेवीलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।

उनीहरूले घरेलु हतियार बन्चरो, हँसिया, कुटो प्रयोग गरी हत्या गरेर हालसम्म फरार रहेका थिए । उनीहरूलाई कन्चनपुर भिमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित नेपाल(भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस