कात्तिक २३, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पोखराले टस जितेर ब्याटिङ रोजेको छ। एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ नतिजाविहीन खेलसहित ७ अंक जोडेको छ ।

आजै हुने दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।
पोखरा एभेन्जर्स भने ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।