फागुन ८, दाङ । अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद बैठकको कार्यसूचीमा परेको छ। आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो।

संघीय संसद सचिवालया प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव टेबल हुनेछ। अर्को बैठक फागुन १२ गते बोलाएर एमसिसीमाथि छलफल गराउने तयारी भइरहेको छ।