फाल्गुन ५, काठमाडौँ । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएसगैं परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला भएकी छिन । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो ।

कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकीहुन । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीकोरुपमा समेत अनुभव संगालेकी छिन् ।
दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् ।