• २०८३ बैशाख १४ गते सोमवार

कोरोना माहामारिको कारण रेडक्रसमा रगतको अभाव, जगाति प्रहरीद्धारा रक्तदान कार्यक्रम आयोजना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १७, भक्तपुर । कोरोना माहामारिको कारण रेडक्रसमा रगतको अभाव परेपछि जगाति प्रहरीद्धारा रक्तदान कार्यक्रम आयोजना भएको छ । प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर र सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सुर्यबिनायक शाखा, भक्तपुरको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको प्राबिधिक सहयोगमा भएको दोस्रो बृहत खुल्ला रक्तदान कार्यक्रममा प्रहरी कर्माचारी ४७ जना, अन्य कर्माचारी तथा स्थानिय बासिन्दा २७ जना गरी ७४ जनाले रक्तदान गरेका हुन् ।

No description available.

 

कोरोनाका कारण रगतको अभाव बढेपछि महानगरीय प्रहरी प्रभाग भक्तपुर जगातिमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियोे । नेपाल प्रहरीका ४७ जना र स्थानीय सर्वसाधारण २७ जना गरि ७४ जनाले रक्तदान गरेको आयोजकले बताएको छ ।अस्पतालहरुमा रगतको अभाव हुन नदिन यस्तो कार्यक्रम आयोजना गरिएको महानगरीय प्रहरी प्रभाग भक्तपुर जगातिका डिएसपी राजेश थापाले जानकारी दिए ।

No description available.

डिएसपी थापाकै पहलमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले गरेको थियो ।हर प्रहर, गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी,रक्तदान जीवनदान भन्ने मुल धेयका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

No description available.

सहभागी भई रक्तदान गरी अमूल्य सहयोग गरेको भन्दै सहभागीलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।यादव राई संचालक सेल्सबेरी डिपार्टमेन्ट स्टोर,राजेश थापा प्रहरी नायव उपरीक्षक महानगरीय प्रहरी वृत जगाती भक्तपुर,लगाएत प्रहरी निरिक्षक लगाएको सहभागीता रहेको थियोे ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस