• २०८३ बैशाख २६ गते शनिवार

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन ; अध्यक्ष नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । आज वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ ।

यो पनि एउटा ठूलो चुनौति छ ।’ ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ,‘यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन ।

Sharing

प्रतिक्रिया दिनुहोस